CoronaUpdate; नेपालमा थप १ सय १४ जनामा संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ८ सय ८६ पुग्याे

काठमाण्डाैँ, १४ जेठ ।

नेपालमा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा बुधबार दिउँसो सम्ममा संक्रमितको संख्या कुल ८ सय ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जना , कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जना, हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जना, पोखरामा भएको परीक्षणमा बागलुङका ४ जना, दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३ र दाङका १५ गरी १८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे   ।

संक्रमितहरुकाे संख्या अहिलेसम्मकै हाे ।

प्रतिक्रिया दिनुहोस