काठमाडौं– पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा बेपत्ता भएकामध्ये थप एक युवाको शव बुधबार फेला परेको छ ।
घटनाको चार दिनपछि जाजरकोटको भेरी नगरपालिका – ९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव भेटिएको हो । अझै दुई जना बेपत्ता छन् । शसस्त्र प्रहरीको गोताखोर टोलीले ती युवकको शव फेला पारेको हो । गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको थियो ।