CoronaUpdate: नेपालमा थप १ सय ५६ जनामा संक्रमण पुष्टि, संक्रमितको कुल संख्या १ हजार ४२ पुग्याे

 नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बिहीबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ४२ पुगेको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका १/१ जना रहेका छन् ।

योसंगै संक्रमित भएका जिल्लाको संख्या ५१ पुगेको छ

प्रतिक्रिया दिनुहोस