नेपालमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ५ पुग्याे

काठमाण्डाैँ, १५ जेठ ।

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार साँझ ललितपुरमा भएको ५६ बर्षीय पुरुषको मृत्यु कोरोना भाइरसको संक्रमण कोभिड १९ को कारण नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २२ वुङमतिका ५६ बर्षीय पुरुषको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बुधबार साँझ निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस