सरकारले कोभिड-१९ रोकथाम र उपचारको निम्ति ६ अर्ब बजेट छुट्यायाे

काठमाण्डाैँ, १५ जेठ ।

कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र उपचारको निम्ति सरकारले ६ अर्ब बजेट छुट्याएको छ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको बताए।

त्यस्तै आगामी वर्षभित्र उपत्यकामा ३ यस शैय्याको छुट्टै संक्रामक रोग अस्पताल पनि निर्माण गरिने भएको छ।यस्तै, सातै प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग पनि सञ्चालनमा ल्याइने भएको छ। पोखरा, कोसी, नारायणी र कर्णाली अस्पताललाई स्तरोन्नति गर्दै विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस