गणतन्त्र दिवसका अवसरमा तुलसीपुर र घोराही कारागारबाट १७ कैदी रिहा

दाङ,१५ जेठ ।

दाङमा रहेका २ वटा  कारागारबाट  गणतन्त्र दिवसका अवसरमा १७ जना कैदीले कैद  मिनाह पाएका छन । तुलसीपुर कारागारबाट १० जना र घोराही कारागारबाट ७ जना गरि १७ जनाको कैद मिनाह गरिएको हो ।

असल चालचलन भएका ५० प्रतिशत कैद भुक्तान गरिसकेका उनीहरुलाई कारागारकाे सिफरीसमा नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा गरिएकाे हाे  ।

कैद मिनाह हुनेमा सवारी ज्यान, कर्तव्य ज्यान, हातहतियार तथा खरखजना तथा डाँका चोरीका कैदीहरु हुन । उनीहरु सवैलाई आजै कैद मुत्त गरी घर पठाइएको तुलसीपुर कारागारका जेलर युवराज परियारले जानकारी दिए ।

गणतन्त्र दिवसको अवसरमा सरकारले देशभरिका कारागारमा रहेका  २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस