कपिलवस्तुमा २३ र रुपन्देहीमा १ जना गरी २४ जनामा काेराेना संक्रमण पुष्टि

बुटवल, १४ जेठ ।

नेपालमा  विहीबार साँझ मात्रै थप २४ जनामा कोरोना पुष्टि भएको छ । कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित थपिएका हुन ।

कपिलवस्तुका २३ जनामध्ये विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना रहेका छन् ।  रुपन्देहीको सैनामैनाको क्वारेन्टाइनमा बसेका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको हाे ।

उनीहरु सबैकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांङ  र  प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षण भएको हो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३१ जना र रुपन्देही जिल्लामा ४४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस