दाङको बेलझुण्डी अस्पतालमा रहेका ८ जना कोरोना संक्रमित डिस्चार्ज

दाङ,१६ जेठ ।

दाङको बेलझुण्डीमा रहेको कोरोना बिषेश अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित कोरोनालाई जितेर डिस्चार्ज भएका छन ।अस्पतालबाट डिस्चार्ज हुनेमा कपिलवस्तुका ४ जना, बाँके नरैनापुरका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना रहेका छन ।उनिहरु सम्बन्धित स्थानिय पालिकाहरुले  पठाएका एम्वुलेन्समा  घर फर्कीएका छन ।

दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज विदाई गरेर घर पठाईएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा सर्वेश शर्माले जानकारी दिए ।

अस्पतालमा ४५ जना कोरोना संक्रमित रहेकोमा ८ डिस्चार्ज भए संगै अहिले ३७ जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस