CoronaUpdate: नेपालमा थप १७० जना संक्रमित थपिए, संक्रमितकाे कुल संख्या १२१२ पुग्याे

काठमाण्डाैँ, १६ जेठ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा एकै अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार १७० जना संक्रमित थपिएका छन । उनका अनुसार संक्रमितहरू झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १(पाटन अस्पतालमा कार्यरत), म्याग्दी १, बाँके १०, कपिलवस्तु ५१, नवलपरासी २, रौतहट ५६, सर्लाही ४, रूपन्देही १ र दाङ २ का रहेका छन्।

योसँगै नेपालमा एक हजार २ सय १२ कोरोना संक्रमित छन्। पछिल्ला दिनमा भारतबाट नेपाली आउने क्रम बढेसँगै नेपालमा कोरोनाका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन्।

प्रतिक्रिया दिनुहोस