नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्याे

काठमाण्डाैँ,१६ जेठ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । कोरोना पुष्टि भएका व्यक्ति अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका वाड न ९ का बर्ष ३५ का पुरुष हुन् ।

उनी भारतबाट नेपाल आउदै गर्दा भारत (बाटोमा) मृत्यु भएको थियो । उनको नमुना गत चैत ११ गते कृष्णनगरमा संकलन गरिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु कोभिड १९ बाट भएको पुष्टि गर्दै नेपालमा यस रोगबाट मृत्यु हुनेको संख्या ६ पुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस