रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु

राेल्पा, १६ जेठ ।

रोल्पामा चट्याङ लागेर आज दुई महिलाको मृत्यु  भएको छ।  मृत्यु हुनेमा  रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ।

घरमा बसिरहेका अवस्थामा  चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङले बताए। रोल्पामा यसअघि पनि हालै दुईको चट्याङ लागेर मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस