रुख कटान, ढुवानी तथा ओसारपसारमा रोक लगाउने सरकारकाे निर्णय

काठमाण्डाैँ, १६ जेठ ।

सरकारले वनको साललगायतका रुख कटान, संकलन, ढुवानी तथा ओसारपसारमा रोक लगाएको छ । काठ तस्करी अनियन्त्रित रुपमा बढेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले कटान भइसकेका रुख, काठ र गोलिया जे जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा राख्ने निर्देशन दिएको छ । वन तथा वातावरण मन्त्रालयले यस विषयमा सात वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई परिपत्र गरेर तत्कालै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस