तुलसीपुरमा मृत अवस्थामा भेटिए एक युवक

तुलसीपुर, १७ जेठ ।

तुलसीपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन । मृतक तुलसीपुर–९ मैनामगर बस्ने २८ बर्षका मन्दिप भुज रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

तुलसीपुरमा रहेकाे अटोभिलेज देखि करिब डेढ सय मिटर उत्तर तर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेल आज बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भुजले अटोभिलेजमा मेकानिक काम गर्दथे ।

मृतककाे गए राती हत्या भएको हुन सक्ने र घटनाकाे अनुसन्धान सुरु गरिएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता  प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । उहाँका अनुसार अनुसन्धानकाnलागि  तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस