दैलेख, १७ जेठ ।
दैलेखको दुल्लु नगरपालिका स्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार विहान ज्यान गुमाएका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो ।
शनिबार विहान मात्रै उनी करिब ७ बजे समयमा एक्कासि बेहोस भएर ढलेका थिए । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ ।