सल्यानमा पहिलो पटक भेटीए २५ कोरोना संक्रमित

सल्यान१८,जेठ।सल्यानमा २५ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ  । कर्णाली प्रदेश अस्पतालकाे पशुपंक्षी  राेगअन्वेषण प्रयाेगशाला सुर्खेतमा भएकाे पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
काेराेना संक्रमितहरू सबै वनगाड कुपिण्डे नगरपालिका भित्रका हुन ।
वडा नं १ का १९, २०, ४०र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८ वर्षिय गरि ४ जना, वडा नम्वर ४ का १८, ३३ र ४४ वर्षका गरी ४ जना, वडा नम्वर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्वर ७ का  ३८ वर्षिय १ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे हो ।
उनिहरू सवै पुरूष हुन भने सवैकाे स्वास्थ्य अवस्था सामान्य छ ।
उनिहरू सवै भारतबाट अाएका हुन । बनगाड क्याम्पसका र प्रभाकर मावी देवस्थलकाे क्वारेन्टिनमा रहेका मध्ये ३ सय ९३ जनाकाे पिसिअार जाँचकाे लागी स्वाव संकलन गरीएकाेमा २५ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

सल्यानमा भारतबाट फर्कनेक्रम बढिरहेकाले संक्रमणको जोखिम हुने खतरा छ । यस अघि आरडिटि पोजेटिभ देखिएकाको रिपोर्ट पछि नेगेटिभ देखिएपनि शनिवार डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस