बाजुरामा मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ, आमामा पनि देखियाे संक्रमण

बाजुरा, १८ जेठ ।

बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।सुदरपश्चिममा कोरोनाबाट पहिलो मृत्यु  भएकाे हाे ।

बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् ।  नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । बालिकालाई सदरमुकाम मार्तडीको एक आइसोलेसनमा जेठ १५ गते राखिएको थियो भने उनी पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित अबस्था निकै चिन्ताजनक रहेका थिए ।

यसैबिच बालिकाको आमामा पनि कोरोना पोजेटिभ देखिएको छ । मृतक बालिका कि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको हो । बालिकाको बुवाको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस