CoronaUpdate: नेपालमा थप नयाँ १६६ संक्रमित थपिए, संक्रमितकाे कुल संख्या १ ,५६७ पुग्याे

काठमाण्ड‍ाैँ, १८ जेठ ।

नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । काेराेना संक्रमितको कुल संख्या १ ,५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६६  जनामा  संक्रमणककाे पुष्टि भएको हो।  तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत पुष्टि गरेकाे छ।

प्रतिक्रिया दिनुहोस