सल्यानमा ट्रेक्टर दुर्घटना १ घाइते

सल्यान,१९ जेठ।सल्यानमा आज ट्रेक्टर दुर्घटना भएको छ।जिल्ला सदरमुकाम देखि पुर्वमा पर्ने कागखोला देखि श्रीनगर तर्फ आउदै गरेको रा.१.त ३२५१ नम्बरको ट्रेक्टर दुर्घटना भएको हो।कागखोला बाट दाउरा बोकेर आउदै गरेको उक्त ट्रेक्टर बिहान करीब ८ बजेतिर दुर्घटना भएको हो।ट्रेक्टर लोड भएको र रातभरी पानी परिरहेकोले बाटो चिप्लो हुदा गाडी सिलिप् खाएर पछि सर्दा सडक बाट ३० मीटर तल खोलामा खसेको छ।दुर्घटनामा परी घाइते भएका गाडी मालिक एव ड्राइभर सन्दीप चलाउनेलाइ डाग्र्रीमा रहेको आधारभूत स्वास्थय सेवा केन्द्रमा सामान्य उपचार पछि घर पठाईएको छ।र हाल उनको अवस्था सामान्य रहेको अहेब नरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस