CoronaUpdate: नेपालमा थप २२६ जना संक्रमित थपिए, संक्रमितको कुल संख्या १७९८ पुग्यो

काठमाडौँ,१९ जेठ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा सोमबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ७ सय ९८ पुगेको छ ।

झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. देवकोटाले जानकारी दिए।

यो वृद्धि अहिलेसम्मकै बढी हो।

 

प्रतिक्रिया दिनुहोस