गण्डकी प्रदेशमा थप १० जनामा काेराेना संक्रमण पुष्टी

पोखरा, २० जेठ ।

गण्डकी प्रदेशमा मंगलबार बिहान थप १० जना काेराेना संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतमा ५/५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पर्वतको कुश्मामा क्वरेन्टीनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षका गरी ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको हाे । यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाको क्वरेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो । यस्तै स्याङजाकै बिरुवा गाउँपालिकामा २० वर्षीय पुरुषमा पनि सङ्क्रमण देखिएको छ । सङ्क्रमित पुरुष गाउँपालिकाको क्वरेन्टीनमा बस्दै आएका हुन् ।

थपिएका सङ्क्रमित सबै भारतबाट आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस