दाङ, २० जेठ ।
कोरोना विशेष अस्पताल बेलझुण्डी कोरोना संक्रमितले भरिए पछि अस्पतालले अब कोरोना संक्रमित बिरामी राख्ने ठाउँ नभएको जनाएको छ । ५० जना राख्न सक्ने अस्पतालको क्षमता भएपनि अहिले उक्त अस्पतालमा ५१ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।
अस्पतालमा अब थप बिरामी राख्न नसक्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । थप बिरामी आएमा राख्ने ठाउँ र जनशक्ति समेत पनि नपुग्ने अस्पतालले जनाएको छ ।