बैतडी क्वारेन्टाइनमा एक युवतीको मृत्यु , पीसीआर परीक्षण गरिदै

बैतडी, २० जेठ।

बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ । उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् ।

जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थल तर्फ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको सोमबार साँझ मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस