डडेल्धुरामा क्वारेन्टाइनमा एक महिलाको मृत्यु

डडेल्धुरा, २१ जेठ ।

डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु भएको छ । भारतबाट आएर डडेल्घुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको गएराती मृत्यु भएको हो ।

यही जेठ १८ गते कैलालीको गौरीफन्टा नाका भएर स्वादेश फर्किएकी उनी गए राति क्वारेन्टाइनमा एक्कासी बेहोस भएपछि मृत्यु भएको बुझिएको छ । मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस