CoronaUpdate: नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २३०० पुग्यो

काठमाडौं, २१ जेठ ।

नेपालमा थप २ सय १ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । थपिनेमा १ सय ७९ पुरुष र २२ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको जानकारी दिए।

योसँगै नेपालमा संक्रमित संख्या २३०० पुगेको छ। तीमध्ये २७८ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ । बुधबार कोरोना संक्रमित दोलखाका एक ७६ वर्षीय वृद्धको मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस