टिचिङमा उपचाररत दोलखाका ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २१ जेठ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । दोलखाका ७६ वर्षीय पुरुषको बुधबार बिहान काठमाडौंमा मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या नौ पुगेको हो ।

गत वैशाख २३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका उनको अप्रेशन गर्नुपरे पछि जेठ १५ स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई काठमाडौं मेडिकल कलेजबाट त्रिवि शिक्षण अस्पतालको आईसीयुमा राखिएको थियो ।

उनको बुधबार बिहान निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यस सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस