कैलालीमा बिहान ११ बजे सम्म बजार व्यवसाय खुल्ने

कैलाली,२२ जेठ ।

कैलालीमा दैनिक बिहान ११ बजे सम्म बजार व्यवसाय खुल्ने भएको छ। कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजे सम्म सबै खालका व्यापार व्यवसाय सञ्चालन गर्ने सहमति भएको छ।

 जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजे सम्म व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएकाे कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

उनले भने, ‘पहिले बिहान ९ बजे सम्म थियो। अब बिहान ७ देखि ११ बजे सम्म व्यापार व्यवसाय सञ्चालन गर्ने भनिएको छ।

प्रतिक्रिया दिनुहोस