सुर्खेत क्वारेन्टिनमा बसेर फर्किएका एक युवकको मृत्यु, पिसिआर परीक्षण गरिदै

सुर्खेत, २२ जेठ ।

पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ ।पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो।

उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए। बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो।नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस