CoronaUpdate: नेपालमा थप ३३४ जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या २६३४ पुग्याे

काठमाण्डाैँ, २२ जेठ ।

नेपालमा थप ३ सय ३४ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय संख्यामा ३४ संक्रमित थपिएका हुन् । थपिनेमा ३ सय १९ पुरुष र १५ महिला छन् । नेपालमा संक्रमितको कुल संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा दैलेखका ११३, बाँकेका ४२,रौतहटका ६४,मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका १, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३,  कपिलवस्तुका २९, दाङका १५, मुगुका १,  खोटाङका ३, धनुषा ६, महोत्तरीका ३,  सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका जानकारी दिए।

पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढ्दै गइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस