नेपालमा थप एक जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे पुष्टि, मृतककाे संख्या १० पुग्याे

काठमाण्डाैँ, २२ जेठ ।

नेपालमा जेठ २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। मृतककाे कोरोनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि  गरेकाे हाे । ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।

क्वारेन्टिनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई पाल्पा स्थित मिसन अस्पतालमा भर्ना गरिएको थियो। ती पुरूषमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रतिक्रिया दिनुहोस