रोट्रयाक्ट क्लबद्धारा क्वारेन्टाईनका महिलाहरुलाई स्यानेटरी प्याड बितरण

कैलाली,२२ जेठ ।

रोट्रयाक्ट क्लब अफ धनगढी शाखाले क्वारेन्टाईनमा बसेका महिलाहरुलाई स्यानेटरी प्याड बितरण गरेकाे छ । क्लबले धनगढी उपमहानगरपालिका-वडा नं ९,वडा नं १० र वडा नं १२मा क्वारेन्टाईनमा रहेका ४० जना महिलाहरुलाई स्यानेटरी प्याड बितरण गरेकाे हाे ।

छिमेकी राष्ट्र भारतबाट आएर बिभिन्न  स्थानिय तहमा क्वारेन्टाईनमा रहेका महिलाहरुलाई महिनावारीमा हुने समस्याकाे समाधानका लागि स्यानेटरी प्याड बितरण गरिएकाे रोट्रयाक्ट क्लब अफ धनगढीका अध्यक्ष जिवन रेग्मीले बताए । उनले यस कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयाेग गर्ने बिभिन्न सहयाेगी हातहरुलाई धन्यवाद समेत ब्यत्त गरेका छन ।

रोट्रयाक्ट क्लब  बिगत केहि समय यता बिभिन्न सामाजिक कार्यमा अग्रसर रहेकाे छ । काेभिड-१९ काे जाेखिम रोकथाम तथा नियन्त्रणमा समेत अहिले रोट्रयाक्ट क्लबले समाजमा रहेर उल्लेखनिय भुमिका खेल्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस