CoronaUpdate: नेपालमा थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या २९९२ पुग्याे

काठमाण्डाैँ, २३ जेठ ।

नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार शुक्रबार विभिन्न जिल्लामा २७८ जना संक्रमित थपिएका हुन्।   योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवोकाटले दिएको जानकारी अनुसार विराटनगर प्रयोगशालामा सुनसरीका ८ जना, झापाका १ जना, मोरङका ६ जना गरी १५ जना संक्रमित थपिएका छन् ।

रुपन्देही प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामध्ये नयाँ थपिएका अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८ जना छन् । यस्तै, धरान प्रयोगशालामा भएको परीक्षणमा १९ भोजपुरका ५, झापाका १, सुनसरीका १३ जना संक्रमित थपिएका छन् ।

यस्तै, हेटौंडा प्रयोगशालामा भएको परीक्षणमा सिन्धुलीका ३, पाटनका २, बाराका २ जना संक्रमित थपिएका छन् । यस्तै, कास्की प्रयोगशालामा २ जना तनहुँका २ जना थपिएका छन् ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा, कैलाली ४ जना, अछामका १ जना, बझाङका १ जना, डडेल्धुराका ५ जनामा पुष्टि भएको छ । यस्तै, धुलिखेल प्रयोगशालामा गरिएको परीक्ष्ँढामा रामेछापका १७ जना, काभ्रेका ५ जना, गरी २२ जनामा पुष्टि भएको छ ।

यस्तै, टेकुमा भएको परीक्षणमा बारा १, धनुषा ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ हाल काठमाडौंमा , महोत्तरीका १७ जनामा, रौतहटका ६ जनामा गरी ७४ जनामा पुष्टि भएको छ ।

यस्तै, राप्ती स्वास्थ्य प्रतिष्ठानमा सुर्खेतका १ र दाङका १ जनामा पुष्टि भएको छ । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखा हाल जुम्लामा भएका १ जना, रामेछाप स्थायी भएका, गोरखा स्थायी ठेगाना भएका हाल काठमाडौंमा उपचाररत व्यक्तिमा गरी कुल ९७ जनामा पुष्टि भएको छ ।यस्तै, कोशी अस्पतालमा भएको परीक्षणमा १० जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर १का १२ जिल्लामा गरी २४२ जना, प्रदेश नम्बर २ मा ८ जिल्लाका ९९३ जना, वागमती प्रदेशमा १२ जिल्लाका गरी ५ जना, गण्डकी प्रदेशमा ७ जिल्लाका ५७ जना, प्रदेश नम्बर ५ मा ११ जिल्लाका ९६५ जना, कर्णाली प्रदेशमा ४७९ जना, सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा गरी ९१ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस