कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्याे

काठमाण्डाैँ ,२३ जेठ ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेकाे संख्या  ११ पुगेकाे छ । मृतक सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० बर्षीय युवा हुन् ।

सुर्खेत स्थित जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका युवकको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय युवकको बिहीबार बिहान घर नपुग्दै बाटैमा मृत्यु भएपछि पीसीआर जाँच गर्दा पोजिटिभ आएको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले आज विहान पुष्टि गरेको थियो ।

मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुकाम वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस