बाजुरा २४ जेठ ।
बाजुरा जिल्लाको खप्तड छेडदह गाउँपालिकामा क्वारेन्टाइन बसेका एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा न ७ का ६५ वर्षीय एक पुरुषकाे शनिबार बिहान मृत्यु भएको हो ।
उनी जेठ १५ गते भारतबाट आएर गाउँकै विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । शनिबार क्वारेन्टाइन अवधि सकिएकाले घर जाने तयारी थियाे । उनी बाटो लागेको घरसम्म समेत खबर पुगेको थियाे । तर घर पुग्दै उनकाे बिहानै मृत्यु भएकाे हाे । उनले शुक्रबार राति बिसन्चो भएको भन्दै खाना पनि खाएका थिएनन् ।
मृतकको कोरोना परीक्षण हुन बाँकी छ । अहिले उनकाे स्वाब संकलन गरेर धनगढी पठाउने तयारी भएकाे प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन् ।