नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ पुग्यो

काठमाण्डाैँ, २४ जेठ ।

सेती प्रादेशिक अस्पताल एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको डायलासिस वार्डमा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिला मिर्गाैला रोगको बिरामी भएर डायलासिस गर्न सेती प्रादेशिक अस्पतालमा शुक्रवार आएकी र डायलासिस गर्दागर्दै मृत्यु भएको थियो ।

मृत्यु भएपछि प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगको छ ।

डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । उनको उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस