नेपालमा थप ३२३ जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या ३२२५ पुग्याे

काठमाण्डाैँ, २४ जेठ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय संख्यामा २३ संक्रमित थपिएका छन। थपिने संक्रमितहरुमा २ सय ९९ पुरुष र ६६ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

सल्यानमा ३८ जना ,भक्तपुरमा १, धनुषामा ८ जना, कपिलवस्तुमा ३९ जना,  महोत्तरीमा ३५ जना, रौतहटमा ६ जना, सर्लाहीमा २७, मोरङमा २, सुनसरीमा ५, सप्तरीमा ८ जना, कास्कीमा३ जना, स्याङजामा १०, बागलुङमा १ जना,नलवपरासीमा ५ जना, अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, रुपन्देहीमा ३ जना, बझाङमा ६ जना, कञ्चनपुरमा १, काठमाडौंमा ६ जना, अछाममा १, कैलालीमा २ जना, डडेल्धुरामा १ जना, बाँकेमा १२, बर्दियामा २८ ,दैलेखमा ४३ जना, डोल्पामा १ जना , दैलेखमा ४, सुर्खेतमा १० जना, जाँजरकोटमा ४ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर १का १२ जिल्लामा गरी २४९ जना, प्रदेश नम्बर २ मा ८ जिल्लाका १ हजार ७७ जना, वागमती प्रदेशमा १२ जिल्लाका गरी ९० जना, गण्डकी प्रदेशमा ९ जिल्ला ७३ जना, प्रदेश नम्बर ५ मा ११ जिल्ला १ हजार ६१ जना, कर्णाली प्रदेशका ९ जिल्लामा ५७९ जना, सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा गरी १०६ जना संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस