दाङ, २५ जेठ ।
तुलसीपुरमा खैराे हिराेईन ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन । शनिवार बेलुका ५ बजेको समयमा दमारगाउ स्थित अमिलिया देखी तुलसीपुर तर्फ आउदै गरेको भे २ प २७४ नं.को मोटरसाईकल अस्थायी प्रहरी चेकपोष्टमा चेकजाँचका क्रममा १४ ग्राम १० मिलिग्राम हिराेईन ब्राउन सुगर सहित २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा वाँके कोहलपुर नगरपालीका वडा नं.७ बस्ने बर्ष २८ को श्री बहादुर रावत र जिल्ला बाँके बैजनाथ गाउपालीका वडा नं. १ चिसापानी बस्ने बर्ष २४ को सुजन शाही रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।
दुबै जनालाई सवार मोटरसाईकल समेत बरामद गरी आवश्यक अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।