जुगेडाबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

फाेटाे; जि‍.प्र.का कैलाली

कैलाली, २५ जेठ ।

कैलालीमा प्रहरीले लागु औषध (खैरो हेरोईन) सहित ३ जनालाई पक्राउ गरेकाे छ ।   धनगढी उप-महानगरपालिका वडा नं.१० जुगेडा स्थित लागु औषध (खैरो हेरोईन) को कारोबार तथा ओसार पसारमा संलग्न रहेका ३ जनालाई शनिवार प्रहरी चौकी जुगेडा र सशस्त्र प्रहरी बल  बि.ओ.पी.पोष्ट जुगेडाकाे सयुक्त टोलीले  पक्राउ गरेकाे हाे  ।

पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका वडा नं.०९ बस्ने बर्ष २३ को राजेन्द्र भाट, ऐ.ऐ. वडा नं. १० बस्ने बर्ष १८ को बल रान राना र ऐ. ऐ. बस्ने बर्ष २४ को गौरव श्रेष्ठ रहेकाे र उनीहरुबाट ११.७०० ग्राम लागु औषध (खैरो हेरोईन) बरामत भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । 

उनीहरुबाट सु.प.प्र. ०१-००८ प ५४८७ नम्बरको कालो रातो पल्सर मोटरसाईकल समेत बरामत गरी थप अनुसन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस