कैलाली, २५ जेठ ।
डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ ।डोटी केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए । उनी मुटुको रोगी भएको बुझिएको छ ।
भारतबाट फर्किएर बैतडीको क्वारेन्टिनमा बसेका अर्का एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति करिब साढे ८ बजे मृत्यु भएको हो । उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए ।साँझ एकाएक बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए ।
दुबै जनाकाे स्वाब संकल्न गरी पिसिआर परिक्षणका लागि धनगढी पठाईने भएकाे छ ।