प्रमुख जिल्ला अधिकारीका सवारी चालक कोरोना संक्रमित

बर्दिया, २५ जेठ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो।चालकलाई गुलरिया स्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ।

उनले दुई दिन अघि सरुवा भएका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्याएर नयाँ पमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलाई काठमाडौंँबाट ल्याएका थिए। सरुवा भएका पमुख जिल्ला अधिकारी लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए ।

अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने  प्रशासकीय अधिकृत अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस