बेलझुण्डी अस्पतालबाट १०जना काेराेना संक्रमित डिस्चार्ज

दाङ, २५ जेठ ।

दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डीबाट  १०जना संक्रमित डिस्चार्ज भएका छन। डिस्चार्ज हुनेमा बाकेका ५ जना, कपिलबस्तुका २जना
दाङका २जना, बर्दियाका १जना रहेकाे कोरोना बिशेष अस्पताल बेलझुण्डीका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिनुभयाे ।

बाँकेका २, दाङका एक, कपिलबस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएर डिस्चार्ज गरिएको हो अन्यकाे भने २२/२३ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि सरकारले गरेको परिपत्रका आधारमा डिस्चार्ज गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ केशको आइसोलेसन व्यबस्थापन सम्बन्धि निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्ने भनि उल्लेख छ । सोही अनुसार मन्त्रालयले गरेको परिपत्रका आधारमा उनीहरुलाई डिस्चार्ज गरिएको हो ।  उनीहरु डिस्चार्ज भएसंगै अब बेलझुण्डीमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस