नेतृत्व वर्गमा दूर दृष्टि

 

कुनै पनि मुलुकको उत्थान र पतन त्यस देशका जनता र नेतृत्व वर्गमा भर पर्दछ । नेतृत्व वर्ग दुरदृष्टि भएमा मुलुकको उत्थान हुनेमा समय लाग्दैन यदि नेतृत्व वर्ग स्वार्थपरक भएमा मुलुक नै नरहने अवस्थाको सिर्जना पनि हुन सक्छ । विश्वको इतिहास हेर्दा नेतृत्व वर्गकै कारण मुलुक उथलपुथल भएका छन् । नेतृत्व वर्ग दुरदृष्टि भएका मुलुकहरु आज विश्वका शक्ति महाशक्ति राष्ट्रमा कहलिएका छन् भने नेतृत्व वर्ग कै कारण मुलुक तहस नहस भएका मुलुकहरु प्रशस्तै मात्रामा भेटिन्छन् ।

हाम्रा छिमेकी मुलुक भारत र चीन आज विश्वकै विकसित मुलुकहरुको अग्रपंक्तिमा उभिएका छन् भने सिक्किम नेतृत्व वर्ग कै कारण हराएर गएको छ । एक जमानाका विश्व प्रसिद्ध नेता मार्शल टिटोको देश युगोस्लाभिया इतिहासमा मात्र सीमित छ । यस्तै गरी कंगो, इथोपिया, सुडान, हैटी जस्ता मुलुकहरु नेतृत्व कै कारण तहसनहस अवस्थामा पुगेका छन् । त्यहॉका जनताको के दोष ? त्यसैले राष्ट्र बचाउने र उत्थान गर्नेमा नेतृत्व वर्ग जति जिम्मेवार हुन्छन् त्यति जनतामा पनि हुने गर्दछ । यदि जनता सचेत भईदिएको भए तबमात्र नेतृत्व वर्गलाई चेतावनी दिन सक्छन् । तर जनता सबै शिक्षित र चेतनशील हुन्छ भन्न सकिदैन । त्यसकारण मुलुकको भविष्य निर्माता नेतृत्व वर्ग नै हो ।

हुनतः जनता शिक्षित भएको मुलुकमा नेताहरुलाई निश्चित मापदण्ड तोकिदिएर निश्चित कामको जिम्मेवारी दिएमा नेताले मनपरी गर्न नपाउन सक्छन ् । यस्तो परिस्थितिको जन्म हुनलाई मुलुक पूर्ण रुपले प्रजातान्त्रिक संस्कारमा आइसकेको र जनताहरु शतप्रतिशत शिक्षित भएको मुलुकमा सम्भव छ । त्यस्तो मुलुकमा जनताहरु निश्चित राजनीतिको सॉधुरो घेराभित्र कैद नभई राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र विकासको लागि मात्र गोलबन्द हुनसक्छन् तब मात्र जुन पार्टीको नेता वा सरकार भए पनि राष्ट्र र जनताको लागि कुनै पनि फरक पर्दैन ।

त्यस्तो मुलुकको उत्थान र भविष्यको लागि नेतृत्व वर्ग मात्र जिम्मेवार नभई सम्पूर्ण राष्ट्रवासीमा जिम्मेवारी ठहरिन्छ । त्यहॉ मुलुकका भविष्य दृष्टा भनेका नेता र जनता बराबर हुन्छन् । तर हाम्रो जस्तो गरिब, अविकसित मुलुकमा भविष्य निर्माता भनेका नेता नै हुन् । यदि जनता जागरुक भइदिएको भए नेपालको नक्सा काहा बाट हरायो भनेर पत्ता लगाउन सक्ने थिए ।

सधै नेतृत्व तहमा नै भर परे । बिस २०३०साल सम्म प्रकाशित नक्सामा कालापानि लिम्पियाधुरा समेत समेटिएको नक्सा थियो त्यसपछाडि प्रकाशस भएका नक्सामा देखिएन अहिले मुलुकमा लोकतन्त्र , प्रजातन्त्र आएकै तीन दशक भैईसक्यो कसैलाई दोष दिन ठाउ छैन । आफनो देशको भूमिको बारेमा सामान्य जानकारि लिन नसक्ने शिर्ष नेताहरु प्रशस्त जन्मि तर राष्ट्रिय नेता जनमिन सकेन छ यहि नै नेपालीको दुर्भाग्य हो । यदि राष्ट्रबादि नेता भईदिएको भए आफूले पाएको जिम्मेवारीलाई बहन गर्न नेताहरु लागि पर्थे होला । यदि तोकिएको समयमा काम गर्न असम्भव भए नेताहरुले जनताको सामु काम गर्न नसकेका कारणहरु सार्वजनिक गर्थे होला । तर यहॉका नेताहरुले जनतालाई गुमराहमा राख्दै मनपरी ढंगले सत्ता सञ्चालन गर्दै आए। नेताहरुको स्वेच्छाचारीताको सीमा बढ्दै गएको देखेपछि लोकतान्त्रिक सिद्धान्त अनुसार सिद्धान्तमा बहस हुन्छ राट्रियतामा होइन राष्ट्रियता सर्वाेपरि हो । राष्ट्रियताको बिषयमा बहस होईन एकबद्धता हो ।

अहिलेको सीमनाको विषयमा जनताहरु सचेत नभईदिएको भए कुरा बाहिर नआउन सक्थ्यो । त्यसकारण राष्ट्रको भविष्य दृष्टा भनेको वास्तवमा जनता नै हुन् । तर जनता शतप्रतिशत शिक्षित नभएकै कारण नेताहरुले ब्रह्मलुट गर्न पाएका हुन् । सबै कामलाई रोक्ने शक्ति जनतामा नै नीहित हुन्छ । त्यसैले जनता नै सार्वभौम सम्पन्न हुनुपर्दछ । यही कारणले गर्दा लोकतान्त्रिक व्यवस्थामा जनता सार्वभौम सत्ता सम्पन्न हुनुपर्दछ भनेर सिद्धान्त अबलम्बन गरेको हो । मुलुकको उन्नती र प्रगतिको लागि नेतृत्व वर्ग जति जिम्मेवार छन् त्यति नै मात्रामा जनता नै जिम्मेवार छन् । त्यसैले नेतृत्व वर्गहरुलाई लगाम लगाउने काम जनताहरुले गर्नसक्नुपर्दछ ।

यदि सकिएन भने मुलुकमा ठूलो दुर्घटना हुन सक्छ । त्यसैले जनताहरु राष्ट्रियताको लागि निश्चित राजनीतिक घेरामा मात्र सीमित नभई मुलुकको भविष्यको लागि गोलबन्द हौं ।

लेखक: बंशीकुमार शर्मा

प्रतिक्रिया दिनुहोस