काठमाण्डाैँ, २५ जेठ ।
नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप २१३ जना कोरोना संक्रमितहरु थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।जसमध्ये २०९ जना पुरुषहरु रहेका छन्, भने बाँकी ४ जना महिलाहरु रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।
योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३,४४८ पुगेको छ । तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।