स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

काठमाण्डाैँ, २५ जेठ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर जागेश्वर गौतमलाई दिइएको छ। उनलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको हाे।

प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको मन्त्रालयका प्रशासन विभागका प्रमुख रघुराम बिष्टले जानकारी दिए।

कोरोना भारइसको संक्रमण सुरू भएदेखि देवकोटा प्रवक्ता थिए। उनले नै मन्त्रालयको नियमित अपडेट गराउँदै आएका थिए। पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छ।

प्रतिक्रिया दिनुहोस