तुलसीपुरमा एमसिसि खारेजकाे माग गर्दै शिव शेना नेपालद्धारा प्रदर्शन

दाङ, २५ जेठ ।

शिव शेना नेपालले तुलसिपुरमा मसाल जुलुस प्रदर्शन गरेको छ । तुलसीपुरमा शिव शेना नेपालले  एमसिसि खारेज लगाएतका बिभिन्न माग राख्दै प्रदर्शन गरेकाे हाे ।

एमसिसि खारेज गर, लिपुलेक र कालापानि हाम्रै हो, हिन्दुराज्य कायम गर लगायतका माग सहित आईतवार  बेलुका तुलसीपुर क्षेत्रमा प्रदर्शन सहित शिव शेना नेपालले बिराेध गरेकाे हाे ।

शिव शेना नेपाल जिल्ला उपाध्यक्ष असिताभ लामिछानेको नेतृत्वमा करिब २५-३० जना ब्यत्तिहरुले तुलसिपुरमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस