नेपालमा थप ३ सय १४ जनामा कोरोना पुष्टि, संक्रमितकाे कुल संख्या ३७६२ पुग्याे

काठमाण्डाैँ, २६ जेठ ।

नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ हजार ७ सय ६२ पुगेको मन्त्रालयले जनाकारी दिएको छ ।  सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ९, सुनसरीका १, मोरङका ९, पाँचथरका १, सप्तरीका ६, धरानका १६, जनकपुरका १५, स्याङजाका १, कास्कीका १, पर्साका ८, बाराका ७, रौतहटका ४,दाङका ४, बाँकेका १, बर्दियाका १८ र दैलेखका १० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सल्यानका ५, सुर्खेतका १, अर्घाखाँचीका ३१, गुल्मीका १, कपिलवस्तुका १६, नवलपरासीका २, पाल्पाका १, प्युठानका ८, स्पन्देहीका ५, कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १०६ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस