शरीरमा आगो लगाएर घाईते भएका पुरुषको मृत्यु

अछाम,२६ जेठ

अछाम  बयालपाटा अस्पतालमा आफ्नौ शरीरमा आगो लगाएर घाईते भएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजीको मृत्यु भएको छ। बयलपाटा अस्पतालमा कार्यरत आउजीको उपचारका क्रममा केही वेर अघि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

उनले सोमबार बयालपाटा अस्पतालमा आफ्नौ शरीरमा आगो लगाउका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस