भरतपुर अस्पतालमा एक काेराेना संक्रमितकाे मृत्यु

चितवन, २७ जेठ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर ११ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनलाई हिजो राति स्थानीय नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पताल सारिएको थियो । आज बिहान ७ बजेर ५ मिनेटमा उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस