दैलेखका चार जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

दैलेख, २७ जेठ ।

दैलेखका चार जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । दुल्लु नगरपालिकामा रहेको कोरोना विशेष अस्पतालबाट दुल्लु नगरपालिका–११ का २३ र ३० बर्षीया दुई जना महिला सहित दुई बर्षीय एक बालक डिस्चार्ज भएका छन् ।

त्यस्तै दैलेख अस्पतालबाट ढुङ्गेश्वर गाउँपालिका १ का २३ वर्षकी एक जना महिलालाई सोमबार डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस