नेपालमा थप ३ सय २३ जनामा कोरोना पुष्टि , संक्रमितकाे कुल संख्या ४०८५ पुग्याे

काठमाण्डाैँ, २७ जेठ ।

नेपालमा थप ३ सय २३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९२ पुरुष र ३० महिला छन् ।

नेपालमा संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज इलाम जिल्लामा समेत कोरोना संक्रमित देखिएसँगै मुलुकभर ७२ जिल्लामा संक्रमण फैलिएको छ ।

मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जनामा समेत संक्रमण देखिएको छ । इलाममा संक्रमण पहिलोपटक देखिएको हो ।

उता, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा भएको परीक्षणमा सुनसरीका १ र सप्तरीका ६ जना गरी सात जनामा पुष्टि भएको छ । यस्तै, भरतपुरमा अस्पतालमा गरिएको परीक्षणमा चितवनका २४ जना, नवलपुरका ३, धादिङका १, कपिलवस्तु १, सप्तरी १ जना गरि ३० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्की प्रयोगशालामा भएको परीक्षणमा म्याग्दी १, नवलपुर १२, धादिङको ११ जना गरी २४ जना संक्रमण पुष्टि भएको छ । यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनुषा २१, महोत्तरीका १९ जना, सर्लाहीका १ जना गरी ४१ जनामा संक्रमण देखिएको छ ।

यस्तै, राप्ती प्रयोगशालामा दाङका ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, मन्त्रालयका अनुसार भेरि अस्पताल नेपालगञ्जमा बाँकेका ९ जनामा पुष्टि भएको छ । यस्तै, कर्णाली स्वास्थय विज्ञा प्रतिष्ठान जुम्लामा जुम्लाका २ जनामा संक्रमण पुष्टि भएको छ । यता, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १२ जना र सुर्खेतका चार जना गरी १६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका १०, कञ्चनपुर १९ जना, डडेल्धुराका ७ जना, कैलालीका १ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका २० र कपिलवस्तुका २ जनामा संक्रमण देखिएको छ ।

यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २४ जना, कपिलवस्तुका ७ जना, महोत्तरीका ३१ जना, नवलपरासी पश्चिम १२ जना, नुवाकोट २ जना, रौतहटका २१, सर्लाहीका १६, सिराहाका १२ जना गरी १२५ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस