दाङमा एक युवा मृत फेला

दाङ, २७ जेठ ।

दाङमा एक युवा मृत फेला परेका छन् । पश्चिम दाङको शान्तीनगर गाउँपालिका वडा नम्वर ४ एकलीका बर्ष ३० नविन भण्डारी मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोमवार विहान घरबाट निस्किएका युवक सम्पर्क विहिन भएपछि उनको खोजीकार्य भएको थियो । उनको शव मंगलवार विहान तुलसीपुर १ रातापहिरो भन्ने स्थानमा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रडम्मर पालले जानकारी दिए ।

मृतकको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमाटमका भई रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस